१६ भदौ।

चलाउन सजिलो र भरपर्दो भएको कारण अहिले सर्वाधिक मोबाइल प्रयोगकर्ताहरु स्मार्टफोन नै चलाउछन्। एप्पल, सामसुङ, सोनी जस्ता कम्पनीहरुले हरेक वर्ष नयाँ स्मार्टफोन ल्याउने गरेका छन् जुन पुरानो मोडल भन्दा अझै सुविधाजनक र आकर्षक रुपमा आउँछन्। मोबाइलको संसारमा स्मार्टफोनले ठुलो परिवर्तन ल्याएको छ।

यस वर्षको सबैभन्दा ठुलो प्रविधिक कार्यक्रम, ‘आईएफए २०१५'(IFA 2015) यहि सेप्टेम्बर ४ बर्लिन, जर्मनीमा सुरु हुन लागेको छ। यस कार्यक्रममा संसारभरीका प्रविधिक कम्पनीहरुले आ‍-आफ्नो नयाँ यन्त्रहरु प्रस्तुत गर्नेछन्। यस कार्यक्रममा स्मार्टफोनमात्र नभएर ट्याब्लेट, स्मार्ट घडि, रोबट, घरायसी सामान जस्ता थुप्रै यन्त्रहरु प्रस्तुत हुनेछन्। यस कार्यक्रममा एप्पलको नयाँ आईफोन 6S र सोनी एक्सपेरिया Z5 सँगै अरु थुप्रै नयाँ स्मार्टफोनहरु प्रदर्शनमा हुनेछन्। यससँगै कुनै कम्पनीहरुले सोहि मौकामा आ-आफ्नो स्मार्टफोन रिलिज पनि गर्नेछन्।

सेप्टेम्बर महिनामा बजारमा आउने ८ स्मार्टफोन यस्ता छन्:

१. सोनी एक्सपेरिया Z5(sony xperia Z5)

xperia z5यो स्मार्टफोन सेप्टेम्बर महिनामा सबैभन्दा सुरुमा रिलिज हुने मोबाइल हो। सोनी कम्पनीले एक्पेरिया Z5 मात्र हैन यसको अरु २ संस्करणहरु एक्पेरिया Z5 कम्प्याक्ट र एक्पेरिया Z5 प्रिमियम पनि रिलिज गर्दैछ। यस स्मार्टफोनमा २०.७ मेगापिक्सेलको क्यामेरा छ। यससँगै यसमा ३ GB को र्याम र १६ देखि ३२ GB सम्मको मेमोरी छ। यसमा १२८GB सम्मको ‘एक्सटर्नल’ मेमोरी पनि थप्न सकिनेछ। यस स्मार्टफोनको स्क्रिन ५.२ ईन्च को रहेको छ।

२. एपल आईफोन 6S(apple iPhone 6S)

iphone 6sएपलको आईफोन ६(iPhone 6)कै नयाँ संस्करण हो आईफोन 6S। यो स्मार्टफोन सेप्टेम्बर ९ मा ‘आईएफए २०१५’मा प्रदर्शन गरिनेछ र साथै त्यहि दिन रिलिज पनि हुनेछ। प्राप्त भएको जानकारी अनुसार यसको डिजाइन आईफोन ६ जस्तै हुनेछ। तर यसमा पुरानो आईफोन भन्दा थप सेवाहरुको साथै राम्रो क्यामेरा पनि हुनेछ।

नयाँ आइफोनको बारेमा पुरा पढ्नुहोस्

३. एपल आईफोन 6S प्लस(apple iPhone 6S plus)

iphone 6s plusगत वर्ष आईफोन ५ का २ वटा संस्करणहरुको रिलिज एकैसाथ गरेको जस्तै यसपटक पनि एपल ले २ वटा आईफोन एकै साथ रिलिज गर्नेछ। आईफोन 6S को साथै उक्त कार्यक्रममा आईफोन 6S प्लस पनि रिलिज हुनेछ। आईफोन 6S प्लसमा आईफोन 6S जस्तै सेवाहरुको साथ राम्रो ब्याट्री ब्याकअप पनि हुने जानकारी प्राप्त भएको छ।

४. लेनोवो भाइब(lenovo vibe)

lenovo vibeलेनोवो कम्पनी आफ्नो नयाँ स्मार्टफोन भाइब S1मा काम गरिरहेको छ। रिपोर्टको अनुसार यसमा २ वटा फ्रन्ट क्यामेरा हुनेछ। लेनोवो कम्पनीले यसलाई लेनोवो भाइब सिरिजकै अरु स्मार्टफोनसँग ‘आईएफए २०१५’मा प्रस्तुत गर्नेछ। यस सिरिजमा भएको लेनोवो भाइब P1, P1 प्रो, भाइब X3 हरु पनि सँगै रिलिज हुनेछन्।

५. ह्वावै मेट S(huawei mate S)

huawei mateह्वावै कम्पनीले हरेक वर्ष आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन आईएफए कार्यक्रममा प्रस्तुत गर्दै आएको छ। यसपालि सो कम्पनीको उत्कृष्ट स्मार्टफोन ह्वावै मेट S रहेको छ। यससँगै सोहि कम्पनीको अरु २ स्मार्टफोन मेट 7S र मेट 8S पनि सँगै प्रदर्शन हुनसक्ने बताईएको छ।

६. माईक्रोसफ्ट लुमिया(microsoft lumia)

microsoft lumiaकेहि वर्ष अघि नोकिया मोबाइल कम्पनी खरिद गरेको माईक्रोसफ्टले सोहि कम्पनीबाट यस वर्षको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन लुमिया रिलिज गर्नेछ। यो स्मार्टफोनमा केहि दिन अघि रिलिज गरिएको विन्डोज १०को सफ्टवेर हुनेछ। कम्पनीले २ वटा संस्करण, लुमिया ९५० र लुमिया ९५० XL ‘आईएफए २०१५’मा बजारमा ल्याउने छ।

७. एलजि G4 नोट(LG G4 note)

LG G4 noteएलजि कम्पनीको यो नयाँ स्मार्टफोन सुपर प्रिमियम वर्गको मोबाइलहरुमा पर्दछ। प्राविधिक संसारमा धेरै लामो समय देखि यसको चर्चा भईरहेको छ। स्यामसङ ग्यालाक्सी S6मा भएको जस्तै वक्र(curved) आकारको स्क्रिन यस स्मार्टफोनमा पनि हुनेछ। यो स्मार्टफोन पनि ‘आईएफए २०१५’मा सार्वजनिक हुने अनुमान छ।

८. सामसुङ ग्यालेक्सी O सिरिज(samsung galaxy O series)

galaxy oसामसुङले हालसम्म यसको बारेमा केहि जानकारी दिएको छैन। तर हरेक वर्ष आईएफएमा सामसुङले आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन प्रस्तुत गर्दै आएको छ। यसै गरि यस वर्ष सामसुङले ग्यालेक्सी O सिरिजका मोबाइलहरु रिलिज गर्ने अनुमान छ। यस वर्ष सामसुङले नोट ५ पनि रिलिज गरेको थियो। यस कार्यक्रममा सामसुङको ग्यालेक्सी O5 र O7 रिलिज गर्ने अनुमान रहेको छ।

यो पनि पढ्नुहोस्।
मोबाइलमा समस्या ल्याउने ६५ एण्ड्रोइड एप्स