बि.स.२०७३ चैत ०४ गते । शुक्रबार । ईश्वी सन् २०१७ मार्च १७ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । चैत्र कृष्ण पक्ष । तिथि पञ्चमी, ४९ घडी २७ पला । नक्षत्र बिशाखा ४९ घडी ५२ पला । योग हर्षण ५० घडी १२ पला । करण कौलव, दिउँसो १ बजेर ० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मातंग योग । काठमाडौंमा सूर्योदय ०६ बजेर १३ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर १३ मिनेट जाँदा । दिनमान २९ घडी ५८ पला । चन्द्ररासि तुला बेलुका ७ बजेर ३२ मिनेट उप्रान्त बृश्चिक ।

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेको छ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिंदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यवसायमा घाटा लाग्ने हुँनाले लगानी बढाउन केहि समय पर्ख र हेरको रणनीति अपनाउँदा राम्रो हुँनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुशी हुँनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभहुँने योग रहेको छ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यवसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेको छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जग्गा खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथीभाई खुसि रहनेछन् । नयाँ साथीभाईका साथ स्वादिष्ट भोजन लिदै दिन तथा साथ कटाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथीभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । बिद्यामा सुधार भएर जानेछ भने अरुभन्दा अगाडि आउँन सकिनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुनेछ भने दाजुभाईसँग झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि  समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लाग्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यवसायमा समय दिए पनि सोचेजस्तो प्रतिफल प्राप्त नहोला । दाम्पत्य जीवनमा सामान्य अबिश्वास पैदा हुने हुँदा दैनिक काम गर्न जाँगर हराएर जानेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईको चुम्बकिय ब्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोश जाँगर बढेर आउँनेछ । सहयोगीहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान दिनुहोला । व्यवसायमा भने जस्तो आम्दानी नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बिभिन्न अबसरहरु आउँने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

घर परिवार तथा आफन्तको साथ सहयोगले काममा उत्साह जाग्नेछ । माया प्रेममा सुमधुरता बढेर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ । रमाईलो तथा पारिवारिक यात्राको सम्भावना रहेको छ । व्यवसायमा भनेजस्तो नाफा कमाउँन सकिनेछ । सुख दुखमा साथ दिनेहरु प्रसस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२