वि.स.२०७३ पौष १७ गते । आईतबार । ईश्वी सन् २०१७ जनवरी ०१ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८। पौष शुक्ल पक्ष । तिथि तृतिया, १९ घडि ०८ पला,अपरान्ह्र १४ बजेर ३५ मिनेछ उप्रान्त चतुर्थी । नक्षत्र श्रवण, २१ घडि ४९ पला, अपरान्ह १५ बजेर ४० मिनेट उप्रान्त धनिष्ठा । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर १८ मिनेट जादा । दिनमान २५ घडी ५५ पला । चन्द्ररासि मकर । अन्तराष्ट्रिय टोपि दिबस । अग्रेजी नया बर्ष ।

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । शत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । ब्यापार ब्यावसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

 मान सम्मानमा दाग लाग्न सक्छ काम गर्दा बिचार गरेर मात्र शुरु गर्नुहोला । धर्म कर्म मन जाने तथा आफ्नो रितिरिवाज जोगाउनको लागि समय दिनु पर्ने हुन सक्छ । पढाई लेखाई आफ्नै कारणले बिग्रने तथा पुरस्कार अरुले नै जित्नेछन् । माया प्रेममा धोका हुने तथा घर परिवारमा झै झगडा हुने योग  रहेको छ । सरकारि काम गर्दा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्ला ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

 बिभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । ब्यापार ब्यावसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडिहरु आज टाडै बस्नु उचित छ माया प्रेम मा धोका हुँन सक्छ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बिभिन्न अवसरलाई आउँने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । ब्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको बातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुसियालि छाउँनेछ । ब्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिश्पर्धीको मनोबल गिराउँदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । ब्यापार ब्यावसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)


आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । ब्यापारबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । सन्तानको प्रगति देखेर मन रमाउँनेछ । नयाँ योजनाहरुलाई कार्यान्वयनको चरणमा लान सकिनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन ब्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसी हुनेछन् । सवारि साधनको ब्यापार ब्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । बिद्यामा थोरै समय दिदा पनि राम्रो अंक ल्याउन सकिनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 पराक्रम बढेर जानेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ । उद्योग तथा ब्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछि सम्म आम्दानि हुने ब्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेकै भरमा कामहरु बन्नेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसी हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो विदेश यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । ब्यापार ब्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रसङ्गमा दिन कटाउँन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । ब्याबसायमा प्रसस्त आम्दानि हुने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषि तारानाथ भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२