बि.स.२०७४ बैसाख ०९ गते । शनिबार । ईश्वी सन् २०१७ अप्रिल २२ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि एकादशि ४६ घडी ३८ पला । नक्षत्र शतभिषा ४३ घडि ४९ पला, बेलुका ११ बजेर ६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग शुक्ल ७ घडि ३७ पला,बिहान ८ बजेर ३७ मिनेट उप्रान्त ब्रम्ह । करण वव, दिउँसो १२ बजेर ३१ मिनेट उप्रान्त बालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कुम्भ । वरुथिनि एकादशि व्रत । पञ्चम ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३२ मिनेट जादा । दिनमान ३२ घडी २३ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ भने अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । सरकारि तथा पैत्रिक धन सम्पति हातलाग्ने योग रहेकोछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई तथा खोज तथा अनुशन्धानको क्षेत्रमा अरु भन्दा पछि परिनेछ । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसाय बाट घाटा लाग्न सक्छ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने भएपनि गन्तब्य पहिल्याउँन सहज हुँने छैन ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ भने समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । जीवन साथिको सहयोगमा महत्वपुर्ण काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुँनेछ । माया प्रेममा सामान्य खटपट हुँनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ ध्यान दिनुहोला । सन्तान तथा छोराछोरि सँगपनि मनमुटाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । व्यापार लगानि गर्ने वाताबरण छैन त्यसैले व्यावसायमा नाँफा कमाउँन निकै समय दिनु पर्नेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केहि मात्रामा सफलता पाईनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

 उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो ब्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँनाले बोलेकै भरमा कामहरु बन्नेछन् । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर स्वादिष्ट भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । प्रेममा प्रशङमा दिन बित्ने हुँदा मन पशन्न रहनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुँनेछ । तयारि बिनानै प्रश्तुत गरिने योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२