७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ विशेषतासहित एक सय रुपैयाँको नोट चलनचल्तीमा ल्याएको छ ।

बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी ‘द बर्थ प्लेस अफ लर्ड बुद्ध’ अंग्रेजीमा लेखिएको छ ।

अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला पनि रहेको छ । अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र र दायाँतर्फ लालीगुँरासको पानी छाप नोटमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।