२८ चैत, काठमाडौं । सरकारले सकेसम्म आजै नेपाल प्रहरीको प्रमुख आइजीपी नियुक्तीको तयारी गरेको छ । बरियता विवादका कारण झण्डै एक महिनादेखि बस्न नसकेको बैठक आज बसेको हो ।

फाइल फाेटाे

आजको बैठकले आइजीपीका दाबेदारहरुको कार्यसम्पादन मूल्याङ्कन को नम्बर पेश गर्न कमिटी गठन गरेको छ । गृह सचिव, कानुन सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र निमित्त प्रहरी प्रमुख रहेको कमिटीलाई आजै नम्बर पेश गर्न भनेको हो ।

१५ मिनेटका लागि स्थगित भएको मन्त्रीपरिषद बैठक केहीबेरमा फेरि बस्नेछ । आइजीपीमा डिआइजी नवराज सिलावाल र प्रकाश अर्यालमध्ये एक जना नियुक्त हुने संभावना रहेको छ ।