२५ कात्तिक, काठमाडौं । आइतबार बढेको सुनको मूल्य आज पनि बढेको छ । सोमबार सुनमा प्रतितोला २ सय रुपैयाँ बढेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ ।

File Photo

सोमबार छापावाल सुनको मूल्य ७१ हजार २ सय रुपैयाँ प्रतितोला, तेजाबी सुनको मूल्य ७० हजार ९ सय रुपैयाँ प्रतितोला कारोबार भइरहँदा चाँदीको मूल्य भने प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदाी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन ७१ हजार रुपैयाँ, तेजाबी सुन ७० हजार ७ सय रुपैयाँ र चाँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।