४ माघ, काठमाडौं ।

सहजरुपमा इन्धन पाउने अवस्था नहरेपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेपछि निगमले पनि बजार मूल्य घटाउने तयारी गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घटाउने तयारी गरेको छ ।

Petrol line

केही समय यता अन्तराष्ट्रिय बजारमा कच्चा तेलेको मुल्यमा भारी गिरावट भएको छ । अहिले कच्चा तेलको मुल्य प्रति व्यारेल ३० डलरमा झरिसकेको छ ।

पेट्रोलियम पदार्थको भण्डारण ठूलो मात्रामा भैसकेको भएपनि आयल निगमले इन्धन वितरण गरेको छैन ।