१३ मंसिर, काठमाडौं । प्रविधिको विकासका कारण मानिसहरुले धेरै काम सहज बनाइसकेका छन् भने नयाँ नयाँ आविष्कार दिनहुँ भइरहेका पनि छन् ।

तर अहिलेसम्म विश्वमै भूकम्प कतिखेर, कति रेक्टर स्केलको आउँछ भन्ने कुरा चाहिँ अगाडि नै जानकारी दिनसक्ने कुनै प्रविधि वा यन्त्रको विकास भएको छैन । तर आज विहान रामेछाप र सोलुखुम्बुलाई केन्द्र बनाएर गएको ५ दशमलब ६ रेक्टर स्केलको भूकम्पका बारेमा एक जना ज्योतिषीले दुई दिन अघि नै भविष्यवाणी गरेको खुल्न आएको छ ।

रेक्टर र केन्द्रबिन्दु नतोके पनि ज्योतीषी डाक्टर सुनिल सिटौलाले नोभेम्बर २६ तारिखमा (शनिबार) नै आफ्नो ट्वीटरमा भूकम्प आउन सक्ने भन्दै ट्वीट गरेका थिए । (हेर्नुस् ट्वीट)

उनको भविष्यबाणी मिलेसँगै मानिसहरु आश्चर्यमा पर्नुका साथै सामाजिक सञ्जालमा उनको ट्वीटको चर्चा भएको छ । केहीले भने यसलाई संयोग भएको पनि बताएका छन् ।