११ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । सोमबार विहान देखि अहिले सम्म २ पटक पराकम्पन भैसकेको छ ।

11 gate

पछिल्लो पराकम्पन विहान ११ बजे ४ दशमल २ रेक्टर स्केलको मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र विन्दु दोलखा रहेको थियो ।

यस अघी विहान ३ बजे २३ मिनेटमा पनि गोरखा केन्द्र विन्दु भएको ५ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।