२४ कात्तिक, महोत्तरी ।

दाजु र भतिजाले नै जग्गा देउ नत्र मारिदिन्छु भन्दै पटक/पटक कुटपिट गर्दै ज्यानै लिनेसमम्मका धम्की दिएकाले लामो समयदेखि साधु रामनन्दन राय आत्मरक्षाका लागि घरै छोडेर अन्यत्र बस्दै आएका छन ।

जिल्लाको सुन्दरपुर गाविस– ६ निवासी उनका दाइ, भाउजु र भतिजोले पैत्रिक सम्पति हडप्न कुटपिट गर्दै आएकाले ज्यान जोगाउन भाग्दै हिँडेको तीन वर्ष भइसकेको छ ।

ब्रह्माचारी जीवन बिताइहनुभएका राय आत्मरक्षका लागि विगत तीन वर्षदेखि उजरी गर्दै आएपनि स्थानीय प्रहरी र प्रशासनबाट सुनुवाई नभएको गुनासो गर्छन् ।

आफ्ना नाममा घरसहित करिब १७ कठ्ठाजग्गा रहेपनि उपभोग गर्न नपाएपछि उनले विगत तीन वर्षमा जिल्ला प्रशासन कार्यालयमा १२ पटक, जिल्ला प्रहरी कार्यालयमा तीन पटक र प्रहरीचौकी मगरथानामा तीन पटक सुरक्षाका लागि निवेदन दिइसकेको तर सुरक्षाको अनुभूति नभएपछि डरले गाउँ छोडेर बस्नुपरेको बताए ।

प्रशासन र प्रहरीले भने विपक्षी दाजु र भातिजो लाई पटक/पटक समातेर अब आइन्दा कुटपिट नगर्ने भन्दै कागज गराएपनि पुनः बारम्बार मरनासन्न हुनेगरी कुटपिट गर्ने गरेको साधु रायको गुनासो छ ।

न्यायको लागि पुन: विगत तीन महिनादेखि प्रहरीमा धाउँदै आएका उनले आफू मरेपछि सबै सम्पत्ति उनीहरुले नै पाउने हुन् तर आफू बाचुञ्जेल दुई छाक खान कसैको मुख ताक्नु नपरोस भनेर मात्र न्याय खोजेको बताउछन् । रासस