अशोक महर्जन

१० पुस,काठमाडौं।
उपत्यकामा आज एकै दिन आधा दर्जनभन्दा वढी चाडपर्व मनाईएको छ । किरात यायोक्खा समुदायले मनाउने साकेला उधौली पर्व , क्रिश्चियन समुदायले भव्यरुपमा मनाउने ‘क्रिसमड डे’, नेवारी समुदायले मनाउने ‘ज्यापु दिवस’ ,‘योमरी पुन्हि’, ‘कुठीधान्य लक्ष्मीजयन्ति’, ‘धनेश्वर मेला’ आदि पर्वहरु एकै दिनमा परेको हो ।

newari festival feature (3) newari festival feature (2) newari festival feature (1)

आजको दिन राजधानीमा जताततै चाडपर्वको मनाउनेहरुको भीड लागेको छ । विभिन्न समुदायले आजको दिनमा आफन्तसंग खुशी साटासाट गर्दै मीठोमीठो परिकारका साथमा चाडपर्वहरु मनाउने गरिन्छ । नेवारी समुदायले आजको दिनलाई विशेष महत्वका साथमा मनाउने चलन छ । घरघरमा चामलको पिठोको ‘योमरी’ वनाई खाने चलन छ ।त्यस्तै १२ औं ज्यापु दिवसको अवसरमा वसन्तपुरमा झाँकी, बाजागाजा सहित नेवारी परम्परागत पहिरनमा –याली निकालिएको छ । त्यस्तै किरात समुदायले साकेला उधौली पर्वलाई विशेष उत्सवका रुपमा नाचगान गरी मनाईएको छ ।

kirati festival feature (3) kirati festival feature (2) kirati festival feature (1)

पितृलाई पुजा गरी अन्नवाली भित्रयाउने पर्वका रुपमा मनाउने यो पर्व राजधानीको नखिपोटमा धुमधामका साथमा मनाईएको छ । क्रिश्चियन समुदायले बडा दिनका रुपमा जिसस क्राईस्टको जन्मदिन विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यो अवसरमा राजधानीमा क्रिश्चियन समुदायले विभिन्न सांगीतिक कार्यक्रम गरी उल्लासका साथ ‘क्रिसमड डे’मनाईएको छ ।

christmas feature (1) christmas feature (3) christmas feature (2)