४ जेठ, काठमाडौं ।

संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पाले आन्दोलनकारीको डरले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेको आरोप लगाएका छन् ।

अपडेटः बालुवाटार क्षेत्र तनावग्रस्त

आन्दोलनर संघीय गठबन्धनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेपछि बालुवाटार क्षेत्र तनावग्रस्त बनिरहेको समयमा आङकाजीले यस्तो आरोप लगाएका हुन् ।

ankaji oli baluwatar

प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बालुवाटार क्षेत्रमा तनाव भएको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछी प्रहरीले उनीहरुलाई रोकेको थियो ।

ओली सरकार गिराउने यस्तो छ भारतीय ‘प्लान बी’

प्रदर्शनकारी र प्रहरीबीच अहिले पनि झडप भैरहेको छ । राजधानी केन्द्रित आन्दोलन अन्तर्गत सिंहदरबार घेराऊ कार्यक्रमपछि गठबन्धनले आन्दोलनको तेश्रो दिन बालुवाटार पुगेको हो ।