१८ भदौ, गुलरिया ।

बर्दियाको गुलरियामा प्रदर्शनकारीसँगको झडपमा घाइते भएका प्रहरी हवल्दारको ज्यान गएको छ ।

सदरमुकाम गुलरियामा आगजनी गर्न थालेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न खोज्ने प्रहरीलाई ढुंगा मुडा गरेका थिए । घटनामा घाइते भएका एक प्रहरी हवल्दारको उपचारका क्रममा ज्यान गएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

आज विहान प्रदशनकारीले नेपालगंज गुलरिया सडक अवरोध गरेपछी प्रहरीले सवारी साधनहरुलाई ईस्कटिङ गरी गन्तव्यमा पुर्‍याउन गर्नेक्रममा प्रहरी र प्रशनकारी विच झडप भएको थियो ।

झडपमा प्रदनकारीले प्रहारगरेको ढुङगा लागी प्रहरी हवलदार देवबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । झडपमा घाईते भएका पाण्डेको उपचारको क्रममा शिक्षन अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।

प्रदशनकारीले मैनापोखर स्थित ईलाका प्रहरीकार्यालयमा समेत ढुङगामुढा गरेका थिए । स्थितीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा हवाई फाएर समेत गरेको थियो ।

संघीयताको सीमाङ्कनमा आफूहरुको उपेक्षा गरिएको भन्दै बर्दिया लगायतका क्षेत्रमा थरुहट/ थारुवान आन्दोलन चलिरहेको छ ।

घटना कसरी हिंसात्मक बन्न पुग्यो भन्ने खुल्न सकेको छैन । बर्दियामा पनि थरुहटका कार्यकर्ताले लामो समय देखि आन्दोलन गर्दै आएका छन् । यस अघि थरुहटकै आन्दोलनका क्रममा कैलालीमा ८ जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।