२१ कात्तिक, हेटौँडा।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेसका आन्दोलनकारी दलले सीमाको दशगजाको धर्नालाई त्यागेर समस्याको निकास खोज्न र आफ्नो माग पूरा गर्नेतर्फ पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा भारतले लगाएको नाकाबन्दीलाई तत्काल निकास दिन नेपाली काँग्रेसले संसद् र सरकारलाई भरपुर सहयोग गर्ने र आन्दोलनकारी दललाई पनि आन्दोलन त्यागेर वार्तामा आउन आग्रह गर्ने बताएका छन् ।

उनले मुलुक भूकम्पबाट भन्दा पनि अहिलेको आर्थिक नाकाबन्दीले गर्दा नेपाली जनताले निकै कष्ट भोग्नुपरेकाले आन्दोलनकारी दलले जनताको बृहत् हितलाई ध्यानमा राखेर आन्दोलनको स्वरुपलाई परिवर्तन गरेर निशर्त वार्तामा आउनुको विकल्प नभएको बताए । रासस

यो पनि पढ्नुस्।

पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन निर्देशन

भारतले युद्ध भन्दा ठूलो अमानवीय नाकाबन्दी गर्योः उपप्रधानमन्त्री मैनाली

भारतीय सेनामा रहेका नेपालीले सोच्ने बेला आयोः एमाओवादी

इन्धनको नाममा करोडौं कुम्ल्याउन खोजिएको खुलासा, घोटाला गर्नेलाई नछोड्ने आपुर्ति मन्त्री पुनको चेतावनी