२५ चैत, काठमाडौं ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान बिजुक्छेंले प्रकियामै गएर पनि संविधान जारी गर्नु पर्ने बताएका छन् । भक्तपुरमा आयोजना गरिएको अन्तरसंवादमा बोल्दै बिजुक्छेंले देशको बिचार प्रस्तुत गर्ने माध्यम प्रक्रिया नै भएकाले ३० दलसँग नेमकिपाको भिन्न मत रहेको बताए ।

बिजुक्छेंले भनेः नेपालमा जव जव अन्दोलन हुन्छ तव तव भारतले नेपाली सिमा अतिक्रमण गर्ने गरेको छ । यसको पछिल्लो उदाहरण हिजो भएको अन्दोलनमा समेत देखा परेको बिजुक्छेंको भनाई छ । उनले भनेः गौरमा भएको अन्दोलन पश्चातन भारतीय शैनिकहरुले गोली चलाउँदै नेपाल र नेपालीको संबेदनशिलताको मापन गरेको छ ।

narayanman bijukchhe

बिजुक्छेंले नेपाल भारतको नव उपनिबेश बन्दै गएकाले सबै पक्ष यसबाट सजक रहन जोड दिए । उनले सबै क्षेत्रमा भारतको रवाब रहेका भन्दै भारतिय धर्मगुरुहरु भारतको एजेण्ट भएर नेपालमा धार्मिक क्षेत्र कव्जा गर्न लागि परेको आरोप लगाएका छन् ।

विजुक्छेले नेपाली सुरक्षा निकायका चिफहरुले प्रोटोकल भूल्दै जसरी भारतिय राजदुतावास धाउने गरेका छन् र कति चिफहरुको घर समेत भारतमै भएकाले सुरक्षा निकायमा समेत हस्तक्षेप बढ्ने क्रम जारी छ समेत भनेका छन् ।

भारतले दुवै पक्षको सम्झौतालाई उलंघन गर्दै जसरी नेपाललाई डुबान पार्ने गरि बाँध बाँध्धै लगेको छ यसले भारतको हेपाहा प्रवृती प्रष्ट देखिएको उनको कथन थियो ।
नेपालको सगरमाथामा गएर जसरी भारतिय सेनाले अवलोकन गर्दै कव्जाको दिशा तर्फ अग्रंसर बनेको देखिन्छ यसले सगरमाथाको पहिचानमा समेत दुविधा श्रृजना गर्न भारत लागि परेको छ । नेपालको शिक्षा क्षेत्रमा रणनीतिक रुपमा आफ्नो पाठ्यक्रम लागू गर्न विद्यालय सञ्चालन गर्दै आएको र विभिन्न नाममा छात्रबृदि वितरण गरेर नेपाल भित्र भारतिय भक्त उत्पादनामा लागेको बताए ।