६ असोज, काठमाडौं ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन थप ससक्त बनाउने निर्णय गरेको छ । सप्तरीको राजविराजमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

भारतले नेपालको संविधानमा चाहेका ७ कुराः गोप्य रिपोर्ट खुलासा

संघीयताको सीमाङ्कन र संविधानमा चित्त नबुझेका आफ्ना माग पुरा गराउन आन्दोलनको विकल्प नरहेको मोर्चाका नेताहरुले बैठकपछि बताए ।

madheshi morcha

बैठकमा सहभागी सदभावना पाटीका अध्यक्ष राजेन्द्र महतोले अव वारपारको लडाइँ हुने बताए । आन्दोलनलाई थप सशक्त बनाउन बाहिर रहेका अन्य मधेशवादी दलहरुलाई मोर्चामा सहभागी गराउन अह्वान गर्ने बैठकबाट निर्णय भएको नेता महतोले बताए ।

मोदीका विशेष दुतले बोलाएपछि उपेन्द्र यादवसहितका नेता दुताबास पुगे

मंगलबार विहानै शुरु भएको बैठक साढे ३ बजे तिर मात्र सकिएको थियो । हिजो अवेर रातिसम्म चलेको बैठकले निर्षकसमा नपुगे पछि पुनः बैठक बसेको थियो ।

मोर्चाले अवको आन्दोलन सीमा नाका र भन्सार केन्द्रित हुने निर्णय पनि  गरेको छ । भारतले नाकाबन्दी गर्ने चर्चा चलिरहेको समयमा मोर्चाले पनि त्यसलाई अनुकुल हुने आन्दोलनका कार्यक्रम तय गरेपछि संकट बढ्ने देखिएको छ ।

बैठकले मुख्यतः तीन वटा प्रमुख निर्णय गरेको छ । पहिलो, मधेश÷थरुहटमा जारी अनिश्चितकालीन आन्दोलनलाई झन् सशक्त बनाउने । दोस्रो, तराईको प्रमुख भन्सार नाकालाई पूर्णरुपमा ठप्प गर्ने । र तेस्रो, मधेश आन्दोलनका लागि संघर्षरत विभिन्न शक्तिलाई समेटेर बृहत् रुपमा मोर्चा निर्माण गर्ने ।

काठमाडौंमा प्रमुख तीन दलले वार्ताका लागि पहल गरेपनि त्यो देखावटी मात्रै भएको मोर्चाको निष्कर्ष छ ।

भारतीय सीमानामा नाकाबन्दी सशक्त पार्न मोर्चाले भैरहवाको सुनौली, वीरगंजको रक्सौल, विराटनगरको जोगबनी र पूर्वाञ्जलका भन्सार नाकाहरु ठप्प पार्ने निर्णय गरेको छ । सार्थक वार्ताका लागि मधेशबाट सेना फिर्ता, मृतकलाई सहीद घोषणा, घाइतेको निशुल्क उपचार, विगतका सम्झौता कार्यान्वयन लगायतका माग मोर्चाले अघि सारेको छ ।

लातको भूत वातले मान्दैनः राजेन्द्र महतो

बैठकमा नेताहरु संघीय सामाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महत्तो र तराई मधेश सदभावना पाटीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी थिए ।

दिल्लीको दवदवा कायमै रहेको सममया यसै पनि उकुस मुकुस रहेको सरकारमाथि मधेशी मोर्चाको नयाँ निर्णयले झनै तनाव थप्ने संकेत गरेको छ ।

काठमाडौं आउनासाथ बालुवाटार पुगे भारतीय राजदुत

भारतीय राजदुत रञ्जित रे दिल्लीबाट फर्किएपछि विहानै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।