२१ फागुन, वीरगञ्ज ।

संघीय समाजवादि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको माग राजनैतिक समस्या भएकाले आन्दोलन टुङगिएको बुझनु मुर्खता रहेको बताएका छन् । यो आन्दोलन बारुद झै सल्कीरहेको र विष्फोट हुन अझै बाकि रहेको दबि उनको छ ।

वीरगंजमा संघिय समाजवादि फोरम नेपालले आयोजना गरेको बृहत पार्टL प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

upendra yadav speaking

उनले अब शोसित पिडितको लागि पुर्ण तयारी सहित एक अन्तिम लडाई लडनुपर्ने बताए ।

६ महिनाको लामो आन्दोलनले किसान दाजुभाई आतिनु संगै खेतमा बालि लगाउनका लागि केहि समय शक्ति सञ्चय गर्नुसंगै जनताहरुलाई एकृकृत बनाएर हिजोको आन्दोलनमा भएको कमि कमजोरीलाई सच्चयाउदै अन्तिम आन्दोलन सफल बनाउनका लागि लागिरहेको भन्दै उनले कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरेका छन् ।