पुस, बर्दिबास ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिमामा भएको अवरोध जति छिटो खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक हित हुने बताएका छन् ।

प्रदेश नं. २ को प्रदेश समिति बैठकलाई प्रशिक्षणका क्रममा सोमाबर महोत्तरीको बर्दिवास पुगेका अध्यक्ष प्रचण्डले भने, मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन् मधेसी जनता उनीहरुको भ्रमबाट मुक्त हुन जरुरी छ ।’

122 mao_day_prachanda  speaking (2)

फाइल तस्विर

‘एमाओवादी पार्टी वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको जनताले बुझेका छन् तर केही मान्छे यो प्रक्रिया भाँड्न लागेका छन् ।’ प्रचण्डले आक्रोशित मुद्रामा भने ।

प्रचण्डले युद्धकालीन सम्झना गर्दै भने, ‘हामी युद्धमा हुँदा एक पक्षीयरुपमा ३ महिना युद्धविराम गरेका थियौं, जसले गर्दा ज्ञानेन्द्रले आफ्नो अमेरिका भ्रमण रोकेका थिए, यदि ३ महिना युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैनथ्यो, यो कुरा मैले मधेशवादी दलहरुलार्इ बारम्बार भन्ने गरेको छु’ ।

जनयुद्ध घोषणा गर्ने बेला बाबुरामका कारण कैयौं रात सुत्न सकिन- प्रचण्ड

मध्यरातमा बाबुरामले खोले प्रचण्डका डरलाग्दा रहस्य

निर्णायक भनिएको वार्ता निर्णायक हुन नसके पनि निर्णायक वार्ताको प्रयासमा भने अघि बढेको उनको भनाइ छ । अहिलेसम्म भएका वार्ता र छलफलका प्रयासहरु एमाओवादी कै पहलमा भएको पनि उहाँले स्पष्ट पार्नुभयो । सदनमा मन्त्रीहरुको जवाफ सकिएपछि २ वटै विधयकहरु अगाडि जाने उनको भनाई थियो ।

देशको परिस्थिति नै सन्तुष्टि हुने खालको नभएको बेला पनि आफ्नो पार्टीले मन्त्रीहरुको कामकारबाही प्रभावकारी बनाउन समिक्षा गरिरहेको अध्यक्ष प्रचण्डले बताए । मधेसमा बाबुराम भट्टराईको पक्षमा एमाओवादी नेता कार्यकर्ता लागेनि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले वास्तविक माओवादी अहिले पनि एमाओवादीमै रहेको स्पष्ट पारे ।