२२ भदौ, विरगञ्ज ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय, प्रादेशिक तथा केन्द्रिय सरकार निर्माण भएमात्र आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन् ।

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले मुलुक अहिले संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि निर्वाचनले अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न खाले षडयन्त्रहरु भइरहेको आरोप लगाउँदै अध्यक्ष यादले संघीय समाजवादी फोरमलाई गलत भन्ने पार्टीहरु तछाड मछाड गर्दै आफूहरुकै बाटो अवलम्बन गरेकोले आफूहरु रोजेको बाटो सही रहेको बताए ।

अध्यक्ष यादबले बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले तयार पारेको घोषणा पत्रलाई सार्वजनिक समेत गरेका थिए ।