१६ फागुन, नेपालगञ्ज।

शुक्रबार कालिकोटमा काष्ठमण्डप एयरको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपानेको आइतबार अन्त्यष्टी गरिएको छ ।

आफ्नो ज्यान हत्केलामा राखेर प्राण त्याग्दै यात्रु बचाउने महान पाइलट दिनेशको विदाइमा हजारौं मलामी सहभागी भएका छन् । मलामीहरुले “साहसी क्याप्टेन अमर रहुन”, “महान पाइलट अमर रहुन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Dinesh Neupane Bidai 1

अन्तिम समय सम्म पनि यात्रु बचाउन संघर्ष गरेका पाइलट दिनेशको ककपिटमा छोपिएको शव देखिने दृष्य सार्वजनिक भएको थियो ।

उनले अन्तिम सम्म पनि आफू मरेर भएपनि यात्रुहरुलाई बचाउने बताएको समेत बाँचेका यात्रुहरुले बताएका छन् ।

Dinesh Neupane Bidai 2

विमानमा समस्या आएपछि पाइलट न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो ।

यात्रुलाई बचाउन दिनेश र सन्तोषले अन्तिम सम्म पनि प्रयास गरेको घटनाक्रमले देखाएको छ । चालक र सहचालकले आफ्नो बलिदान गरेर पनि यात्रुहरुलाई भने सुरक्षित राखेका थिए ।

Dinesh Neupane Bidai 3

सोही दुर्घटनामा निधन भएका अर्का को पाइलट सन्तोष रानाको भने यस अघी काठमाडौंमा अन्त्यष्टि गरिसकिएको छ ।

२ महान आत्माः दिनेश र सन्तोषः जसले आफू मरेर अरुलाई बचाए
सबै यात्रु बचाएर सँधैका लागि यसरी विदा भए क्याप्टेन दिनेश
विमान दुर्घटनासँग हिसिलाको नाम जोडियोः सुशीलका सल्लाहकारले गरे खुलासा