१६ पुस, काठमाडौँ।

दलहरुबीच सहमति नजुटेसम्म राजधानी नछोड्ने घोषणा गरेको दुई दिन नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा जाँदैछन् ।

फाइल तस्बिर

फाइल तस्बिर

यो पढ्नस्: मधेसी मोर्चालाई मनाउन प्रचण्ड देउवाको दौडधुप

तमु ल्होसार पर्वको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री विहान ११ बजे त्यसतर्फ जाने उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले पहिल्यै तय भएको र स्थानीयले जसरी पनि आउन भनेपछि प्रधानमन्त्री पोखरा जान लागेको बताए । यसअघि उनी घोषणा कार्यान्वयन गर्ने भन्दै हिजो सातौं राष्ट्रिय खेलकुदको समापनमा सुनसरी गएनन् ।

सुनसरी जाने कार्यक्रम पनि पहिल्यै तय भएको थियो । उनी नजाने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरेका थिए ।