९ भदौ, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कैलालीमा भएको घटनाबारे चिन्ता ब्यक्त गरेको एक दिनपछि मोदीकै गृहराज्य गुजरातमा हिंसा फैलिएको छ । पाटेल समुदायले आरक्षण कोटा माग गर्दै हार्दिक पटेको नेतृत्वमा शुरु भएको दंगापछि मोदीले शान्तिका लागि अपिल गरेका छन् ।

गुजरातमा अशान्ति शुरु भएपछि एक भिडियो सन्देश जारी गर्दै मोदीले शान्ति कायम गर्न अपिल गरेका हुन् ।

गुजरातका मुख्यमन्त्री आनन्दीवेन पटेलले पनि आन्दोलनकारीलाई शान्ति सुब्यवस्था कायम राख्न आग्रह गरेका छन् । आरक्षणको माग गर्दै पटेल समुदायले शुरु गरेको आन्दोलन हिंसात्मक वनेपछि गुजरातका विभिन्न स्थानमा स्थानमा कर्फ्यू लगाइएको छ ।

Gujrat Danga

सूरतमा सेना परिचालन गरिएको छ भने अहमदाबाद र मेहसाणासमेत अन्य स्थानमा प्रहरी तथा अर्द्धसैनिक बल तैनाथ गरिएका छन् ।

Gujrat Danga1

आरक्षणको माग राखेर आन्दोलनकारीले मंगलबार राति विभिन्न स्थानमा आगजनी गरेका थिए । आन्दोलनको नेतृत्व गरिरहेका हार्दिक पटेललाई मंगलबार साँझ प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि आन्दोलनकारीहरु उग्र भएका हुन् ।