२४ असार, काठमाडौ ।

प्रहरीले एक साताअघि तीन राउन्ड गोली हानेर पक्राउ गरेका गुन्डाले आफ्नो सजाय कटाउन अर्कै व्यक्तिलाई जेलमा राखेको खुलासा भएको छ। गत शुक्रबार सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ परेका सन्की भनिने रावणजित तामाङले चोरी मुद्दामा कारागार चलान भएका व्यक्तिलाई आफ्नो मुद्दामा कारागारमा राखी रिहा भएका हुन्।

sajaya

लागूऔषध मुद्दामा दस वर्ष कैद सजाय काटिरहेका तामाङले आफू कारागार चलान भएको केही समयमै चोरी मुद्दामा धरौटी बुझाउन नसकेर कारागार चलान भएका राजकुमार तामाङलाई कारागारमा राखी आफू धरौटी बुझाएर रिहा भएका हुन्।

महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले तामाङ अर्कैको मुद्दामा छुटेको सूचना पाएको बताए। ‘सूचना पाएपछि अनुसन्धान गर्दा सन्कीेले अर्कै मान्छे राखेको थाहा भयो,’ उनले भने, ‘चोरी आरोपमा पक्राउ परेर धरौटी बुझाउन नसकेकालाई लालच देखाएर कारागारमा छाडी आफू बाहिरिएको रहेछ।’ आजको कान्तिपुरमा खबर छ ।