आमिर खान असहिष्णुताको विषयमा दिएको अभिव्यक्तिले निकै ठुलो विवादमा तानिदै गएका छन्। शिव सेनाले आमिरलाई झापड हान्नेलाई १ लाख भारु दिने घोषणा पश्चात झन् उनी विरुद्धको अभियान नै चलेको छ।

मायामी एड स्कुलका केही विद्यार्थीले आमिर विरुद्ध एक वेवसाइट बनाएका छन्। स्ल्यापआमिर डटकम नामको सो वेवसाइट आमिरको तस्बिरलाई झापड हान्ने गरि बनाइएको छ।

वेवसाइट निकै विवादको विषय बनेको छ। केही व्यक्ति केवल रमाइलोको लागि वेवसाइट लगइन गर्ने गरेका छन् भने सामाजिक सञ्जालमा यसको व्यापक विरोध हुँदैछ।

साइटको ‘डिस्लेमर’मा डेभलपरले ‘स्ल्यापआमिर डटकम रमाइलो र क्रियटिभ कामको लागि मात्र बनाइएको हो र यसले कनै राजनैतिक सिद्धान्तलाइ प्रतिनिधित्व गर्दैन। कृपया हाम्रो हसिमजाकलाई सहन गर्नुहोला’ लेखेका छन्।

यो पनि पढ्नुस्।

आमिर खान विरुद्ध देशद्रोहको मुद्धा, अदालतले सुनुवाइको मिति तोक्यो

आमिर खानको नाममा पतिसँग झगडा भएपछि महिलाले गरिन् आत्महत्या

आमिर खान विरुद्ध खनिए शिव सेनाका नेता, पिटे बापत एक लाख दिने घोषणा