२८ भदौ, एजेन्सी । आयुष्मान खुराना र नुसरत भरुचा स्टारर फिल्म ‘ड्रिम गर्ल’ले बक्स अफिसमा दमदार शुरुवात गरेको छ ।

यो आयुष्मानको करिअरमा पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्म हो । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १० करोड ५ लाखको कमाई गरेको छ । यसअघि आयुष्मानको फिल्म बधाई हो ले पहिलो दिन ७ करोड ३५ लाखको कमाई गरेको थियो । आयुष्मानको फिल्मले पहिलो दिन यो भन्दा धेरै कमाई गर्न यसअघि सकेको थियो ।

समिक्षकले राम्रो समिक्षा नगरेता पनि माउथ पब्लिसिटीका कारण फिल्म हेर्ने दर्शकहरु ब्ढिरहेका छन् । फिल्मको पहिलो साताको कमाई एकदमै राम्रो हुनसक्ने अनुमान गरिएको छ । फिल्ममा आयुष्मान र नुसरतको साथमा अन्नु कपूर, मनोजत सिंह, विजय राज, अभिषेक बनर्जी, राजेश शर्मा र निधि विष्टको प्रमुख भूमिका छ ।