२० जेठ, काठमाडौं।
प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय कुनै पनि हालतमा स्वीकार नगर्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको पार्टी को स्थायी कमिटि बैठकले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकले आयोगको निर्णयप्रति संवैधानिक बाटोबाट अगाडी बढ्ने र संसदको जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यो पढ्नुस्; निर्वाचन आयोगको निर्णयले खुसी छुः रेणु दाहाल

बैठकपछि एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगको गतिविधि शंकास्पद रहेको भन्दै दोस्रो चरणको चुनाव नगराउने खेल हुन थालेको आभास भएको बताए । संवैधानिक निकाय निर्वाचन आयोगले दवावका आधारमा लाचार भएर यस्तो निर्णय गरको भन्दै यो दुखद भएको बताए। निर्वाचन आयोगको निर्णय लोकतन्त्रको उपहास भएको उनको आरोप छ ।

आयोगले मतगणना स्थल कब्जा भएको पाइएको भन्दै वडा नं. १९ को मतदान केन्द्रको मतपत्र रद्द गर्ने र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगले प्रधानमन्त्रीको निर्वाचन औचपारिक रुपमा सुरु नै नभएको भन्दै संसदबाट जानकारी गराउनुपर्ने बताए।

यो पढ्नुस्।

एमालेले प्रधानमन्त्रीमा उमेद्बारी नदिने