१९ असोज, काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवलाई २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमति बिना सरुवा गरेको विषयलाई लिएर स्पष्टीकरण पेश गर्न आदेश दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

गएको असोज ९ गते मन्त्री देवले आयोगको सहमति विना गौतमलाइ सरुवा गरेको निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन भनिएको छ ।