१९ असार, काठमाडौं ।

निर्वाचन आयोग दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै तेस्रो चरण तथा प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको तयारीमा जुटेको छ ।

असोज २ गते हुने तेस्रो चरणको चुनावको लागि बजेटिङको काम अन्तिम चरणमा पुगेको भन्दै आयोगले त्यही अनुसार अर्थमन्त्रालयसँग बजेट माग्ने तयारी गरेको छ ।

आयोगका सूचना अधिकारी अर्यालका अनुसार प्रदेश र प्रतिनिधि सभा चुनावको लागि बजेट, मतदाता नामावली संकलन, मतदाता मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन, कामको तयारी लगायत विषयमा अन्तरिक क्यालेण्डर बनाउने काम भइरहेको छ ।

चुनाव एकै चरणमा वा दुई चरणमा गर्ने भन्ने टुंगो भने सरकार र आयोग दुबै पक्षको छलफल पछि मात्र लाग्ने आयोगको भनाई छ । सरकार एकै चरणमा गर्ने तयारीमा छ भने आयोगले त्यो सम्भव नहुने बताइरहेको छ ।