२ चैत, काठमाडौं।

सर्वोच्च अदालतले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु चुनाव गर्न अन्तरिम आदेश दिएको छ ।

अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले आरआर क्याम्पसमा चुनावको माग गर्दै १० दिनअघि रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै क्याम्पसमा चुनाव गर्न सर्वोच्चले आदेश दिएको हो।

फागुन १८ गते त्रिविले तोकेको मितिमा आरआर क्याम्पसमा स्ववियु चुनाव नभएपछि फागुन २३ गते चुनाव गर्ने मिति क्याम्पसले तोकेको थियो । तर स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको कारण फेरि स्ववियु निर्वाचन स्थगित भएको थियो ।