एजेन्सी । सामाजिक सञ्जालले जब कुनै व्यक्तिलाई एकाएक चर्चामा ल्याउछ त्यसले उसको जीवनमा केही न केही फेरबदल ल्याएरै छोड्छ ।

यस्तै यहाँ केही अफ्रिकी बालक छन् । जुन कुनैबेला इन्टरनेटमा एकदमै भाईरल भएका थिए र पछि गएर तिनको जीवनमा केही बदलाब आयो । देख्दै कुपोषित भएको अनुमान गर्न सकिने यी बालक एक समाजसेवी महिलाले भेटेपछि उपचार गरेर  विद्यालय पठाईन् ।

यी एक नाईजेरियन बालक हुन् । यीनका बुवाआमाले यिनलाई बेवारिसे अवस्थामा छोडेका थिए । जब ती महिलाले भेटिन् अनि यिनको उपचार गरेर उनको नाम होप अर्थात् आशा राखिदिईन् । होप पनि कुपोषणबाट ग्रसित थिए । अस्पतालबाट विदाई भएपछि यी बालक विद्यालय जान थाले ।