५ बैशाख, एजेन्सी ।

इक्वेडरमा ७ दशमलव ८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । राजधानी क्योटोबाट १ सय ६० किलोमिटर टाढा म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण अहिले सम्म ४१ जना भन्दा बढीको ज्यान गैसकेको पुष्टी भएको छ ।

Ecuador earthquake

देशको तटीय क्षेत्रमा केन्द्रविन्दु बनाइ ७ दशमलव ८ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पपछि ६ वटा प्रान्तमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

यसकारण काठमाडौँ भूकम्पको उच्च जोखिममा !

१९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का महसुस गरिएको थियो । भूकम्पका कारण घरहरुमा क्षति पुगेको जनाइएपनि अहिलेसम्म क्षतिको बिबरण भने आइसकेको छैन ।

भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।