२० पुस, एजेन्सी।

इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गए राती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई तीन शुन्यले हराएको छ । क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओस्कार, विलियन र डिएगो कोष्टाले एक एक गोल गरे ।

chelsea vs cystal palace english premeir league

जितपछि चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको १४ औं स्थानमा प्रवेश गरेको छ । पराजित टोली क्रिष्टल प्यालेस भने सातौं स्थानमा झरेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा एभर्टन र टोटनह्याम हट्सपरले एक एक गोलको बराबरी खेले । खेलमा एभर्टनका आयरन लेननले पहिलो गोल गरे पनि टोटनह्यामका डेले अलीले एक गोल फर्काउँदै खेल बराबरी गरेका थिए ।

प्रिमियर लिग फुटबलमा २० चरणका खेलहरुको समाप्तिपछि ४२ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । समान खेलबाट ४० अंक जोडेको लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ३९ अंक छ ।