२ असोज, एजेन्सी।

इजरायलको आइरन डोम प्रतिरक्षा प्रणालीले सिरियाबाट इजरायल नियन्त्रित गोलनहाइटमा लक्षित गरी हानेको क्षेप्यास्त्र खसालेको इजरायली सेनाले जनाएको छ ।missile attack 9351747

यसले दुई परस्पर सशङ्कित छिमेकी राष्ट्रहरु सिरिया र इजरायलको सम्बन्धमा थप तनाव देखिएको छ ।

“इजरायलले शनिबार सिरियाबाट हानिएको क्षेप्यास्त्रलाई आफ्नो प्रतिरक्षा प्रणालीको सहयोगमा खसालिदिएको, इजरायली सेनाले शनिबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । तर उक्त घटनामा कोही घाइते नभएको बताइएको छ ।

इजरायली सेनाका प्रवक्ताले सिरियाद्वारा कहिलेकाहीँ हवाई आक्रमण गर्ने गरेको बताए पनि शनिबारको प्रतिकार पहिलो थियो वा थिएन भन्ने विषयमा केही जनाएका छैनन् ।