आज बाँचेका भएका भए ज्याकब फर्गर संसासरका सबै भन्दा धनी व्यक्ति हुने थिए। बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम र मार्क जुकरवर्गको जोड्दा पनि उनको जति सम्पति हुने थिएन ।

बायोग्राफर ग्रेग स्टेनमेट्जका अनुसार जर्मन ब्याङकर तथा व्यापारीको सम्पति आजको समयमा तुलना गर्दा चार सय बिलियन अमेरिकी डलर हुन आउँछ।

 

वाल स्ट्रिट जर्नलका पुर्व सम्पादक ग्रेग स्टेमेट्सले सन १४५९ मा जन्मिएका ज्याकव फग्गरको जीवनी लेखे । जसको नाम राखिएको छ-द रिचे्सट म्यान हु एभर लिभ्ड-the richest man who ever lived.

 

के आधारमा स्टटमेट्ज फग्गरमा बारेमा यति निश्चिन्तताक साथ बोलिरहेका छन्। किन उनि भन्छन्- फग्गर नै इतिहासका सबै भन्दा धनी व्यक्ति हुन् ?

 

स्टेटमे्टले बिबिसीसंग कुरा गर्दै भने-बिना कुनै शंका फग्गर संसारका सबै भन्दा शक्तिशाली ब्याङकर हुन। त्यतिखेर पुनर्जागरणको समय थियो, त्यतिबेला संसार दुइ कुराले नियन्त्रित हुन्थ्यो। एउटा रोमन सम्राट र अर्को पोप। ती दुबैका आर्थिक स्रोत फग्गर थिए।

 

 

संसारका कोही त्यस्तो व्यक्ति छैन् जसको राजनीतिमाथि त्यतिधेरै प्रभाव थियो-स्टेनमेट्ज भन्छन्।

 

फग्गरले नै तय गरेका थिए स्पेनजा राजा चार्ल्स-१ लाई रोमका राजाका रुपमा, जसलाई चार्ल्स ५ कारुपममा सफलता मिल्यो ।

चार्ल्स ५ ले संसारका धेरै ठाउँलाई उपनिवेश बनाए।  उनि नभएको भए संसार यस्तै हुँदैनथ्यो जुन अहिले छ ।

 

तर गुमनाम किन ?

संसारले उनका बारेका किन जान्दैन् त ? स्टेनमेट्स भन्छन्-यसको एउटा कारण हो उनी जर्मन थिए र अंग्रेजी बोल्ने देशहरुमा उनलाई चिन्ने कोही भएनन्। यही कारणले आफूलाई फग्गरको जीवन लेख्ने रुचि  बढेको स्टेनमेट्ज बताउँछन्- म वाल स्ट्रिट जर्नलको बर्लिन ब्युरो प्रमुख थिए। मैले फग्गरको बारेमा सुन्दथे तर अंग्रेजी भाषमा उनका विषयमा एक शब्द पनि लेखेको भेटिन्।

 

सायद उनि रंगिन मिजासका मानिस पनि थिएनन् त्यसैले उनको देश भन्दा बाहिरको उनको चर्चा भएन जस्तो त्यो समयका अन्य सेलेब्रेटी थिए।

उनि पोप पनि हुन खोजेनन् र ठुलो राजनैतिक पद पनि बसेनन् । नत उनले पुनर्जागरणको समयमा कुनै कलाकारलाई पनि स्पन्सर गरे। उनले कुनै दरबार पनि बनाएनन्।

 

फग्गरले गरेको एउटै चर्चित काम थियो- फगेरेई । यो एउटा समाजमा बस्ने सबैका लागि घर निर्माण आयोजना थियो जुन दक्षिण जर्मनीको अग्स बर्गमा छ जहाँ आजपनि त्यहाँ बस्नेले बर्षको १ डलर मात्र भाडा  तिर्दछ। जहाँ अहिले पनि १५० जना मानिस बस्दछन्।

गएको ५ सय वर्ष यता त्यहाँ भाडा बढाइएको छैन्।

 

स्टेनमेट्ज भन्छन्-त्यतिखेर ब्याङकहरु पर्दा पछाडि बसेर काम गर्न रुचाउँथे। यसको अर्थ उनले छाप छोडेकै छैनन् भन्ने पटक्कै होइन्।

आजको पनि उनको प्रभाव महसुस गर्न सकिन्छ तर यो तथ्यलाई पनि खारेज सकिन्न उनलाई कमै मानिसलाई मात्र उनका बारेमा थाहा छ।

 

 

संसारले खासै नचिनेको फग्गरका योगदान

 

 

पुँजीबादका सस्थापक

फग्गरको सयममा आर्थिक गतिविधी निकै कम हुन्थ्यो धनीहरु जमिन र किसावको मेहनतमा निर्भर रहन्थे। बदलामा किसानहरुले सुरक्षा पाउँथे।

फग्गरले ऋण दिएर त्यसको सट्टामा माइनिङ राइट लिन्थे।यसरी उनले तामा र चाँदीको व्यापारमा एकाधिकार बनाएका थिए। उनले मसलाको पनि व्यापार गरे। त्यसैले उनलाई पुँजीवादको एक सस्थापक भन्न सकिन्छ.

 

पहिलो समाचार सेवा

फग्गरलाई समाचारको महत्व थाहा थियो । उनि प्रतिष्पर्धी भन्दा पहिले सुचना हासिल गर्न चाहन्थे।

उनले पैसा दिएर विभिन्न शहरबाट आर्थिक तथा राजनैतिक खबर ल्याउने मानिसहरु राखेका थिए। ।

उन पछि उनका व्यवसाय सम्हाल्नेले पनि यो प्रथा कायम राखे र कालन्तरमा फगर न्युजलेटरनै शुरु भयो। यसलाई संसारकै पहिलो समाचारपत्र मान्नेहरु पनि छन्।

 

बचत खाताको शुरुवात

पहिलो बचत खाताको शुरुवातको श्रेय पनि उनैलाई जान्छ। उनले तत्कालिक चर्च र पपलाई मनाएर अग्सबर्गको बैंकमा पैसा जम्मा गर्नेलाई वार्षिक ५ प्रतिशत ब्याज दिने व्यस्था गरेका थिए। त्यसअघी बैंक भए पनि ब्याज दिने कुरालाई क्याथोलिक चर्च राम्रो मान्दैनथ्यो।

 

विश्वयात्रीलाई  सहयोग

कोलम्बसले अमेरिका पत्ता लगाउँदा फग्गर मात्र ३३ वर्षका थिए। उनले पनि विश्वयात्रामा निक्लेका फर्नान्डो डे मागालेन्सलाई आर्थिक सहयोग गरेका थिए।