२३ मंसिर, एजेन्सी।

इन्डोनेशियाको पूर्वी आइल्याण्डमा बुधबार ७.१ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्भ विभागले जानाएको छ।

प्रारम्भिक रिपोर्टमा भुकम्पले कुनै क्षति नपुर्याएको बताइन्छ।
स्थानिय समय अनुसार १२:२१ मा गएको सो भुकम्प जमिन भन्दा ४२ किलोमिटर गहिर्याइमा केन्द्र गरि गएको विभागले बताएको छ।

नजिकै पर्ने अष्ट्रिलियामा सुनामीको कुनै खतरा नभएको अष्ट्रेलियाको भुकम्प मापन संस्थाले जनाएको छ। केन्द्रविन्दुको वरिपरि भने सानो सुनामीको खतरा रहेको भएपनि सम्भावना निकै न्युन रहेको बताइएको छ।