१७ असार, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन ।

इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका उदय राई ४५२९ मत ल्याएर विजयी भएका हुन् । राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र सुवेदीले २३५४ मत ल्याए ।

उपाध्यक्ष पनि एमालेकै शोभा पराजुलीले ३९३० मत ल्याएर जितेकी छन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सावित्रा गुरुङले २१७२ मत ल्याएकी छन ।