२० माघ, एजेन्सी ।

आतंकबादी संगठन इस्लामिक स्टेटले आफ्नो म्यागजीन ‘दाबिक’ मा भारत प्रशासित कश्मिरमा कब्जा जमाउने र गाइको पुजा गर्नेहरुलाई तह लगाउने चेतावनी दिएपछि भारतमा आतंक मच्चिएको छ ।

‘दाबिक’ को १३ औं संस्करणमा हफिज सईद खान उर्फ मुल्‍ला सईद औराकजईले अन्तर्वार्ता दिँदै अव इस्लामिक स्टेटले कश्मिरमा कब्जा गरेर गाइको पुजा गर्नेहरुलाई ठिक पारिने चेतावनी दिएका छन् ।

IS in India 1

उनी यस अघि औराकजई तहरीक-तलिबान पाकिस्‍तान (TTP) का पूर्व कमाण्डर थिए । उनी अहिले अफगानिस्‍तान, पाकिस्‍तान, भारत र चीनको सीमा क्षेत्रमा पर्ने इलाकाका लागि कमाण्डर तोकिएका छन् ।

IS in India

‘दाबिक’ मा कश्मिर इस्‍लाम र मुस्लिमका लागि महत्वपूर्ण क्षेत्र भएपनि यो क्षेत्रमा गाइ पुजा गर्ने र चिनियाँको कब्जा रहेको भन्दै उनले अव कश्मिरमा कब्जा गरेर गाइको पुजा गर्नेहरुलाई धपाउने चेतावनी दिएका हुन् ।

आइएसले यस अघि नै भारतमा आक्रमण गर्ने र प्रधानमन्त्री मोदीको हत्या गर्ने चेतावनी दिइसकेको छ ।

इजरायल मात्र एउटा देश जुनसंग इस्लामिक स्टेट डराउँछ

पक्राउ परेका आइएस लडाकुले खोले भारतमा सत्ता कब्जा गर्ने योजना