१८ मंसिर, एजेन्सी ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने उत्कृष्ट वर्ष खेलाडी अवार्डका लागि क्रिष्टियानो रोनाल्डो, एन्टोनी ग्रिजम्यान र लियोनल मेस्सी अन्तिम तीनमा पर्न सफल भएका छन ।

कसले मार्ला वाजीः मेस्सी र रोनाल्डो भिडन्त भोलि !

प्रारम्भिक मनोनयनमा परेका २३ खेलाडीमध्ये पोर्चुगल तथा रियल मड्रिडका रोनाल्डो, फ्रान्स तथा एथ्लेटिको मड्रिडका ग्रिजम्यान र अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी अन्तिम तीनमा पुगेका हुन । राष्ट्रिय टिमका कप्तान तथा प्रशिक्षक, छनौटमा परेका दुई सय भन्दा धेरै पत्रकार तथा फिफा डट कममा समर्थकले गरेको भोटका आधारमा तेइस खेलाडीवाट उनीहरु अन्तिम तीनमा परेका हुन ।

messi-vs-ronaldo

उत्कृष्ट पुरुष खेलाडीसँगै प्रशिक्षक, महिला खेलाडी, प्रशिक्षक तथा वर्षको उत्कृष्ट गोलका लागि मनोनयमा पर्ने अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ । उत्कृष्ट वर्ष प्रशिक्षक पुरुषतर्फ लिसेस्टर सिटीका क्लाउडियो रानिएरी, पोर्चुगलका फर्नान्डो सान्तोस र रियल मड्रिड जिनेदिन जिदान अन्तिम तीनमा परेका छन ।

यसैगरी उत्कृष्ट वर्ष प्रशिक्षक महिलामा, अमेरिकाका जिल एलिस, जर्मनीका सिल्भिया निइद र स्वीडेनका पिए सनधागी पुगेका छन । महिला खेलाडीतर्फ भने मेलनी बेरिङ्गर, कारली लाइड र मार्ट चयन भएका छन् । विजेताको घोषणा आउँदो जनवरी ९ मा हुनेछ ।

मेस्सी चढेको जहाज दुर्घटनामा परेको खुलासा