साउन, एजेन्सी ।

उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै कोरियाली प्रायद्वीपमा युद्ध भएमा कुनै पनि अमेरिकी जिउँदो नहरने धम्की दिएका छन् । उत्तर कोरियाले आइतबार मात्र कोरियाली युद्धको ६२ औं वर्ष गाँठ मनाएको छ । यही अवसरमा उत्तर कोरियाली शासकले अमेरिकालाई यस्तो चेतावनी दिएका हुन् ।

उत्तर कोरियाको आणविक शक्तिबारे बोल्दै उनले अमेरिकाले आणविक हतियारको धाक देखाएर तर्साउने समय गइसकेको भन्दै अव कोरियाली प्रायद्वीपमा युद्ध भएमा कुनै पनि अमेरिकीलाई जिउँदो नछोडिने चेतावनी दिए ।

North Korea

कोरियाली सेन्ट्रल न्यूज एजेन्सी अनुसार आइबार मध्यरातमा कुमसुसान दरवार पुगेका किम जोङ उनले पिताको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएको बताइएको छ ।

यसैबीच कोरियाली पिपल्स आर्मीका प्रमुख तथा रक्षामन्त्री पाक योङ सिकले अमेरिकाले उत्तर कोरियाविरुद्ध षडयन्त्र गरिरहेको भन्दै अमेरिकामा कुनै कागजातमा हस्ताक्षर गर्न समेत कुनै अमेरिकी नबँच्ने चेतावनी दिए ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् १०५० को दशकमा भएको युद्धपछि दुई राष्ट्रबीच कुनै शान्ति सम्झौता नभएका कारण प्राविधीकरुपमा समेत युद्धमै छन् ।