२३ पुस, एजेन्सी ।

उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेपछि उत्पन्न तनावकाबीच अमेरिकाले यसबारे अध्यन गर्न तीन शक्तिशाली टोही विमान त्यसतर्फ पठाएको छ । दक्षिणी जापानस्थित अमेरिकी एयर बेसबाट तीन विमान त्यसतर्फ पठाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यी बिमानले उत्तर कोरियाको आणविक शक्तिबारे नयाँ गुप्तचर सूचना संकलन गर्ने बताइएको छ । उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको दावी गरेपनि यसको सत्यता पुष्टि गर्न पनि अमेरिकाले विमान पठाएको हो ।

military-cargo-planes US

अमेरिकाले यस अघि नै उत्तर कोरियाले बम परीक्षण गरेको दावीप्रति आपत्ति जनाउँदै उचित जवाफ दिने बताइसकेको छ ।

उता उत्तर कोरियाले दक्षिण कोरियासँग संयुक्तरुपमा सञ्चालिन इण्डस्ट्रियल पार्कको प्रवेशमा रोक लगाएको बताइएको छ ।

किम जोङ उनले हाइड्रोजन बमको बटन दबाउन सक्छन्- पूर्व राजदुत

के हो हाइड्रोजन बम? यसले के के गर्न सक्छ ?

यसैबीच राष्ट्रसंघीय सुरक्षा परिषदले पनि उत्तर कोरियामाथि छिट्टै कडा प्रस्ताव ल्याएर दण्डात्मक कारवाही गर्ने बताएकोो छ । परिषदको आपतकालीन बैठकले उत्तर कोरियाली कदमलाई राष्ट्रसंघीय सुरक्षा परिषदको कदमको उल्लंघन समेत भनेको छ ।