विश्वकै सबैभन्दा रहस्यमय मानिने देश उत्तर कोरिया पछिल्ला वर्ष केही न केही विषयले चर्चामै छ। अधिकांस समय परमाणु हतियारको परिक्षण र चेतावनीको कारण चर्चामा रहने यो देशको सेनाको बारेमा जोडिएका केही रोचक तथ्यको बारेमा पढ्नुहोस्।

महिलाको लागि सैन्य तालिम अनिवार्य

north korea female army 61056711द गार्जियनको २०१५ को एक रिपोर्ट अनुसार, सरकारले १७ देखि २० वर्षसम्मका महिलाको लागि सैन्य तालिम अनिवार्य गरेको छ। जहाँ पुरुषलाई १० वर्षसम्म तालिम लिनुपर्ने हुन्छ, महिलालाई २३ वर्षको उमेरसम्म तालिम दिने नियम सरकारले बनाएको छ। उत्तर कोरियामा सैन्य परेडको बखत पनि निकै सङ्ख्यामा महिला भाग लिएको देख्न सकिन्छ।

सेनामा अधिक खर्च

North korea leader kim jong unउत्तर कोरियामा एक ‘सङगन’ नामको प्रावधान छ। यो प्रावधान अनुसार सरकारले पहिलो प्राथमिकता सेनालाई दिन्छ। यसको अर्थ यदि उत्तर कोरियामा ठुलो अनिकाल लागेर जनता भोकभोकै ज्यान गुमाउने अवस्थमा पुगेपनि सरकाले पहिले सेनालाई पैसा दिन्छ। उत्तर कोरियाको अनुसार उनले आफ्नो बजेटको १५.८ प्रतिशत सेनामाथी खर्च छन्। अन्य देश भने उत्तर कोरियाले २५ देखि ३८ प्रतिशत सेनामा खर्च गर्दै आएको दाबी गर्ने गर्छन्।

सेनाको शक्ति

north korea army force 61056711उत्तर कोरियाका१५ लाख देखि ६० लाख मानिसहरु सैन्य तालिम प्राप्त भएको बताइने गर्छ। जो कुनै पनि समय हतियार लिएर मैदानमा उत्रन सक्षम छन्। युद्धको समय उत्तर कोरियाले आफ्नो शक्ति कम नहोस् भन्ने हेतुले जनतालाई सैन्य तालिम दिएको हो। उत्तर कोरियामा हरेक पुरुषलाई एक न एक प्रकारको तालिम अनिवार्य दिइने गर्छ।

प्रतिबन्धित लेजर हतियार
उत्तर कोरिया ती हतियार पनि प्रयोग गर्छ जसलाई संयुक्त राष्ट्रसंघले विश्वभर प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध भन्दा पहिले चीनले ZM-87 नामको दुई दर्जन हतियार उत्पादन गरेर राखेको थियो। उत्तर कोरियासंग भएका यी खतरनाक लेजर हतियारको भने सङ्ख्या एकिन छैन।

रासायनिक हतियार पनि रहस्य
विभिन्न रिपोर्टले उत्तर कोरियासंग रासायनिक हतियार भएको बताउने गर्छ। तर यसबारेमा विस्तृत जानकारी भने छैन। एक तर्फ किम जोङ परमाणु हतियार आक्रमणबाट डराउदैनन्, साथै रासायनिक हतियारको पनि कहिल्यै चर्चा गरेको सुनिदैन। तर विश्वलेषकहरु बताउँछन् कि कोरियासंग पहिलो विश्व युद्धताकाका चिजहरु पनि छन्, जस्तै क्लोरिन, मस्टर्ड ग्यास। केही व्यक्ति बताउँछन् कि उत्तर कोरियाको क्याम्पमा राजनीतिक विरोधितहरु माथी यी रासायनिक हतियारको परिक्षण समेत गरिएको छ।

रिसाउँदा परमाणु हतियार लञ्च

rocket test north korea aprilभनिन्छ कि अन्य व्यक्ति रिसाउँदा अलग-अलग काम गर्छन्, उत्तर कोरियाका तानाशाह किम जोङ मिसाइल फायर गर्छन्। त्यो पनि सो बेला जब अमेरिकाको कुनै कारवाहीको कारण रिस उठ्छ।

किमको परिवारमा कुकको काम गर्ने एक जापानिजको अनुसार किम जोङ उन अमेरिका वा दक्षिण कोरियांसंग युद्ध गर्न चाहदैनन् तर हतियार प्रदर्शन गर्न भने औधी रुचाउँछन्। जब किम माथी निराधार आरोप लगाइन्छ, तब उनले मिसाइल फायर गर्ने आदेश दिने गर्छन्।

साइबर वार युनिट

north korea cyber unit 82754211उत्तर कोरियासंग इन्टरनेट प्रणाली ह्याक गर्ने शक्ति पनि छ। सन् २०१४ मा सोनी ह्याक भएदेखि यो चर्चामा आएको थियो। उत्तर कोरियाको साइबर ब्युरो-२१२ ले दक्षिण कोरियाको सयौं बैंक, सरकार संस्था र राष्ट्रपतिसंग सम्बन्धन राख्ने कम्प्युटर प्रणालीलाई पनि ह्याक गरिसकेको छ। साथै उत्तर कोरियाले चीनमा सेमत आफ्नो साइबर यूनिट बनाएको छ।

अमेरिका बराबर पनडुब्बी

उत्तर कोरियासंग अमेरिकाको बराबर सङ्ख्यामा पनडुब्बी रहेको बतान्छ। तर अमेरिकाको पनडुब्बी अत्याधुनिक मानिन्छ तर उत्तर कोरियासंग पुरानो प्रविधिको पनडुब्बी छ। अमेरिकाको पनडुब्बीमा एक साथ कयौं दर्जन परमाणु तथा क्रुज मिसाइल राख्न सकिन्छ।

ट्याङ्क र रकेट

north_korea_missileमानिन्छ कि उत्तर कोरियांसग ४ हजार भन्दा बढी ट्याङ्क, ६५०० बन्दुक, २५०० भन्दा बढी रकेट लञ्चर र एक हजारको सङ्ख्यामा वायुयान छ।

यो पनि पढ्नुस।

‘वास्तविक’ उत्तर कोरियाका तस्बिर सार्वजनिक – फोटो फिचर

उत्तर कोरियाली शासकले पत्याएकी यी महिला को हुन् ? (तस्विर सहित)

उत्तर कोरियामा देख्न सकिने ५ कुरा, जुन अन्त कहिँ देख्न पाइँदैन