१ पुस,एजेन्सी ।

उत्तर कोरियाले एक क्यानेडेली नागरिकलाई जन्मकैदको सजाय सुनाएको छ। ‍उत्तर कोरियाको उच्च अदालतले क्यानडाका एक क्रिश्चियन पास्टरलाई राज्य विरुद्ध अपराध गरेको भन्दै जन्मकैदको सजाय सुनाएको हो।

६० वर्ष उमेका हाइन लिम गत जनवरीमा प्योंगयाङमा पक्राउ परेका थिए। उनि मानविय सहयोग कार्यका लागि त्यहाँ पुगेको बताइन्छ।

क्यानडाको टोरन्टो निवासी लिम दक्षिण कोरयाली मुलका क्यानेडेली नागरिक हुन्। उनलाई एक प्रेस सम्मेलनमा सत्ता विप्लव र धार्मिक राज्यको लागि काम गरेकोमा पश्चताप गर्दै गरेको देखाइएको थियो।Hyeon Soo Lim

उत्तर कोरियामा धार्मिक गतिविधी गर्न प्रतिबन्ध छ। उत्तर कोरियाको उच्च अदालतमा चलेको ९० मिनेटको बहसपछि उनलाई आजविन कारावासको सजाय सुनाइएको थियो।

उनलई अमेरिका र दक्षिण कोरियालाई सहयोग गरेको र उत्तर कोरिया विरुद्ध गलत प्रचार गर्दै देशको छविको धक्का पुर्याएको अभियोग लगाइएको थियो।

लिम र उनका साथीहरु गत जनवरी ३१ मा मानविय सहयोगक कार्यक्रममा उत्तर कोरिया पुगेका थिए । लिमका परिवारले जनाए अनुसार उनि नर्सिङ होम, शिशु स्याहार केन्द्र र अनाथालयलाई सहयोग गर्ने त्यहाँ पुगेका थिए ।