१९ चैत, एजेन्सी ।

उत्तर कोरियाली शासक किम जोङ उनले चीनलाई ‘उत्तर कोरियाको शत्रु राष्ट्र’ घोषित गर्दै आणविक युद्धको चेतावनी दिएका छन् । राष्ट्रसंघ सुरक्षा परिषदमा उत्तर कोरियाविरुद्धको प्रतिबन्धलाई समर्थन गरेपछि उत्तर कोरिया चीनसँग क्रुद्ध भएको हो ।

चीनले समाजवादको सिद्धान्तलाई धोका दिएको भन्दै उत्तर कोरियाले चीन अव शत्रु देशको कित्तामा गएको घोषणा गरेको हो । चीनलाई उत्तर कोरियाले ‘आणविक आँधी’को चेतावनी समेत दिएको छ ।

N Korea vs China

दक्षिण कोरियाको डेली एनके भन्ने पत्रिकाका अनुसार उत्तर कोरियाले अव चीनसँग भिड्नु पर्ने भन्दै आफ्ना सैनिकहरुलाई तयार रहन निर्देशन समेत दिएको छ ।

उत्तर कोरियाली वर्कर्स पार्टीका कार्यकर्ता तथा सैनिक अधिकारीलाई बाँढिएको उक्त दस्तावेजमा “सबै पार्टी सदस्य तथा कार्यकर्ताहरु समाजवादलाई धोका दिने चीनलाई निमिट्यान्न पार्न गम्भिररुपमा एकबद्ध हुनु पर्दछ” ।

N Korea threat to China

सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्धमा चीनले उत्तर कोरियालाई बचाएको थियो । हाल सम्म पनि चीन उत्तर कोरियाको निकट सहयोगी मानिन्छ । तर यसै महिनाको शुरुमा राष्ट्रसंघ सुरक्षा परिषदमा पारित उत्तर कोरियाविरुद्धको प्रस्तावमा चीनले समर्थन जनाएपछि प्योङयाङ क्रुद्ध भएको हो ।

चीनको कान्साइ विश्वविद्यालयका प्राध्यापक ली योङ ह्वाले उत्तर कोरियाले चीनलाई खुलारुपमा दुष्मन घोषणा गरेको बताए । अव चीनलाई पनि जापान, दक्षिण कोरिया र अमेरिकाकै श्रेणीमै राखिएको उनको भनाइ छ ।

अमेरिका एक इन्च अघि बढे परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी, भिडियो सार्वजनिक

उत्तर कोरिया र दक्षिण कोरियामा कुन बढी शक्तिशाली?

यसैबीच उत्तर कोरियाले पुनः अर्को आणविक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । दक्षिण कोरियाले शुक्रबार सो जानकारी दिएको हो ।
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को परीक्षण गरेको समाचार शुक्रबार प्राप्त भएको हो । उत्तर कोरियाको यो आणविक विवादको समाधान खोज्नका लागि भन्दै विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।

दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो । उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ ।

अज्ञात स्थलमा उत्तर कोरियाको ट्याङ्क

अज्ञात स्थलमा उत्तर कोरियाको ट्याङ्क

उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो । शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तरले केही प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियाको पूर्वी नगर सान्दोकबाट शुक्रबार अपरान्ह १२.४५ बजे उत्तर कोरियाले सो परीक्षण गरेको दक्षिणको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबारमात्र सार्वजनिक गरेको धारणामा संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी मापदण्डको प्रयोगगरी उत्तरलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएका थिए । उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दी विरुद्ध फेरि अर्को परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको थियो ।

उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ । केही हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।

उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिण कोरियाले बताउदै आएको छ । पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्को गरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आह्वान र आयोजना गर्नुभएको आणविक सम्मेलन बिहीबारदेखि संयुक्त राज्य अमेरिकामा सुरु भएको छ । उता उक्त सम्मेलन जारी रहेका बेला यता भने उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उक्त सम्मेलन निशस्त्रीकरण र यसका उपायहरुको खोजीमा केन्द्रित हुने भनिएको भएपनि यसको केन्द्रबिन्दु भने उत्तर कोरिया र उसले हालैका दिनमा जारी राखेको आणविक शस्त्रको होडबाजीलाई नै बनाइने बताइन्छ ।

तर यस सम्मेलनलाई दक्षिण कोरियाले भने बहुलट्ठीपूर्ण काम भनेको छ । उत्तर कोरियाले हतियारसम्मको आफ्नो पहुँचलाई वैधानिक नै भन्दै आएको छ ।

दक्षिण कोरियामा उच्च सुरक्षा सतर्कता

उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्ने सङ्केत प्राप्त भएको भन्दै आफ्ना सेनालाई दक्षिण कोरियाले उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएको बताइएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन गतहप्ता देखि नै निर्देशन दिएको समाचारमा जनाइएको थियो छ ।

america south korea joint exercise 94791817

दक्षिण कोरियाले हालैका दिनमा उत्तरको खतरालाई विश्वव्यापी रुपमा नै उठाउदै आएको छ । साथै दक्षिण कोरियाका राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई पनि अघि बढाउन निर्देशन दिनुभएको बताइएको छ । पछिल्लो पटक शुक्रबार गरेको यस परीक्षणबाट दक्षिण कोरिया थप रुष्ट बनेको छ । कुनै पनि बेला उत्तरले शक्तिशाली परीक्षण गर्नसक्ने भन्दै दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा जारी यस पछिल्लो तनावको व्यवस्थापनका साथै उत्तर कोरियाले कानुनबिहीन रुपमा र कसैको आग्रहको पनि बेवास्ता गर्दै आणविक परीक्षण गर्दै आएको विषयप्रति विश्वको ध्यान उचित रुपमा पुग्नुपर्ने धारणा राख्दै आएको छ ।