२४ माघ, एजेन्सी।

उत्तर कोरियाले लामो दुरीको मिसाइल रकेट परिक्षण गरेको छ। यो परिक्षण प्रतिबन्धित मिसाइल प्रविधिको उल्लघंन भएको उत्तर कोरियाली आलोचकले बताएका छन्।

missile sky

दक्षिण कोरियाले यो मिसाइल उत्तर कोरियाको उत्तर पश्चिम बेसबाट छोडेको बताएको छ। यो जापानको दक्षिणी ओकिनावा द्वीपको माथीबाट पार भएर गएको थियो।

अमेरिका, जापान दक्षिण कोरियाले यसमा कडा आपत्ति जनाउँदै आइबार नै संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन अनुरोध गरेको छ।

उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्न मिल्ने परमाणु हतियार बिकसित गरेको विश्वेषकहरुले अनुमान लगाउँदै आएका छन्।

संयुक्त राष्ट्र सुरक्षा परषदको प्रस्तावमा उत्तर कोरियामाथी कुनै पनि प्रकारको परमाणु हतियार वा ब्यालेस्टिक मिसाइल परिक्षणमा प्रतिबन्ध लगाइएको थियो।

जापानका प्रधानमन्त्री सिन्जो आबेले यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको उल्लघंन बताएका छन्।

उत्तर कोरियाले यो भन्दा पहिले पृथ्वीको तल्लो कक्षमा एक उपग्रह स्थापित गर्ने बताएको थियो।

यो पनि पढ्नुस्।

उत्तर कोरियाको विषयमा चीन र दक्षिण कोरियाका राष्ट्रप्रमूखबीच फोन वार्ता

उत्तर कोरियाको स्याटेलाइट परिक्षणको जानकारी पश्चात जापानको हवाइ रुट परिवर्तन

उत्तर कोरियाको रकेट परिक्षणको योजनाप्रति चीनको गम्भीर चासो

‘रेकट प्रक्षेपणको तयारी’मा उत्तर कोरिया

उत्तर कोरियाको अर्को आविष्कार, ह्याङ्गओभर नगर्ने रक्सी बनाएको दाबी