१४ वैशाख, एजेन्सी।
उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रम रोक्न दबाब दिने उद्धश्यले कडा प्रतिबन्ध लगाउनेबारे अमेरिकाले विचार गर्दैछ।
उत्तर कोरियालाई रोक्न अमेरिका कुटनीतिक कदम पनि उठाउनेछ।
कोरियाको मुद्धामा सिनेटका सदस्यहरुलाई जानकारी दिए पश्चात राष्ट्रपति ट्रम्पको नीति घोषणा गरिएको छ।
यो भन्दा अघि प्रशान्य क्षेत्रका अमेरिकी सेनाका उच्च कमान्डरले दक्षिण कोरियामा उन्नत मिसाइल प्रतिरोधी प्रणाली (थाड प्रणाली) स्थापित गरेको बिषयको बचाउ गरेका थिए।
प्रशान्त क्षेत्रका अमेरिकी उच्च सैन्य कमान्डले भने, ‘दक्षिण कोरियामा स्थापित उन्नत मिसाइल रक्षा प्रणालीले उत्तर कोरियाका नेता किम जोङ उनलाई यदि घुँडा नटेकाए पनि होसमा त ल्याउने नै छ।’
प्रशान्त कामान्डका प्रमुख एडमिरल ह्यारी ह्यारिसले उत्तर कोरियाको मिसाइल खतरा विरुद्ध सर्वश्रेष्ठ प्रविधिको साथ तयार रहेको बताएका छन्।
अमेरिकाले फाइटर विमानवहाक युद्धपोत र परमाणु पनडुब्बी कोरियाली प्रायद्विपमा तैनाथ गरेको छ।
यता चीनले भने दक्षिण कोरियामा स्थापित गरिदै गरेको अमेरिकी उन्नत मिसाइल प्रतिरोधी प्रणालीले सो क्षेत्रमा सुरक्षा असन्तुलन उत्पन्न हुने बताएको छ।
उत्तर कोरियाले मिसाइल र परमाणु परीक्षण गर्ने आशंकाबीच कोरियाली क्षेत्रमा तनाव बढ्दो छ।
एडमिरल ह्यारिसले अमेरिकी कंग्रेसलाई भनेका छन्, ‘उत्तर कोरियासंग जब सैन्य क्षमता हुनेछ, उसले अमेरिका माथि आक्रमण गर्ने कोसिस गर्नेछ।’
उनले सदनका सैन्य सेवा समितिलाई भने, ‘हरेक नयाँ परीक्षण संगै किम आफ्नो लक्ष्यको नजिक पुग्दैछन्, जुन अमेरिकी शहरमा परमाणु आक्रमण गर्ने हो।’
उनले भने, ‘राष्ट्रपति ट्रम्प र रक्षा मन्त्री जेम्स म्याटिसले भने जस्तै अमेरिकासंग सबै विकल्प खुल्ला छ।’
एडमिरल ह्यारिसले अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिंगबीचको सम्बन्ध उत्साहजनक भएको पनि बताएका छन्।
उनले दक्षिण कोरियामा तैनाथ गरिएको मिसाइल प्रतिरोधी प्रणालीले चीनलाई कुनै खतरा नभएको बताएका छन्।
यसैबीच चीनले आफ्नो बढ्दो सैन्य शक्तिको प्रदर्शन गर्दै आफ्नो दोस्रो विमानवहाक युद्धपोत सागरमा उतारेको छ।
चीनको यो जहाज सन् २०२० देखि पूर्ण सञ्चालनमा आउनेछ।
यो पढ्नुस्:
चीनले लञ्च गर्यो स्वदेशमै बनेको पहिलो एअरक्राफ्ट क्यारिअर, हेर्नुस् भिडियो
उत्तर कोरियाले किन छैटौँ परमाणु परीक्षण गरेन ?