३१ साउन,एजेन्सी।  चीनले उत्तर कोरियाबाट गर्ने  आयातमा रोक लगाएको छ । उत्तरलाई कडा धक्का लाग्ने गरि आएको चिनियाँमा निर्णयले उत्तर कोरियाबाट आयात हुने कोइला, फलाम र सामुन्द्रिक खानेकुरामा रोक लगाएको हो।

अघिल्लो महिना उत्तर कोरियामाथि नाकाबन्दी लाउने संयक्त राष्ट्रसंघको निर्णयपछी चिनको यस्तो निर्णय सार्वजनिक भएको हो।

 

गत महिना दुइवटा मिसाइल परिक्षणपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो। उत्तर कोरियाको ९० प्रतिशत अन्तराष्ट्रिय व्यापार चीनसंग हुने गर्दछ। त्यसैले चिनियाँ निर्णयले उत्तर कोरियाको कमजोर अर्थतन्त्रलाई नराम्ररी असर गर्ने पक्का छ।

गत वर्ष चीनले उत्तर कोरियाबाट १.२ बिलियन डलरको कोइला निर्यात गरेको थियो।