१६ चैत, एजेन्सी ।

अन्तर्राष्ट्रिय प्रतिबन्धलाई चूनौति दिदै उत्तर कोरियाले फेरी प्रोजेक्टाइल प्रहार गरेको छ । आफ्नो आणविक परिक्षण र लामो दुरीको मिसाइल परिक्षणलाई लिएर राष्ट्र संघले कडा प्रतिबन्ध लगाएपछि त्यसको अवज्ञा गर्दै उत्तर कोरियाले आज साँझ छोटो दुरीको प्रोजेक्टाइल प्रहार गरेको हो ।

प्रोजेक्टाइल आज साँझ पाँच बजेर चालीस मिनेट जादाँ तटिय शहर वोन्सनबाट प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्रोजेक्टाइल दुइ सय किलोमिटर टाढा पुगेर भुईमा खसेको पनि अधिकारीहरुले जनाएका छन् ।

North korea attack footage 5311916

अन्तर्राष्ट्रिय प्रतिबन्ध र दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासबाट आक्रोसित बन्दै आएको उत्तर कोरियाले कडा बक्तव्यवाजी र प्रोजेक्टाइल प्रहार गर्दै आएको छ ।

यस अघि पनि उत्तरले पुर्वी सागरमा पाँच वटा रकेट प्रहार गरेको थियो । उत्तरले आणविक परिक्षण र रकेट प्रक्षेपण गरेपश्चात् कोरियाली प्रायद्धिपका तनाब बढिरहेको छ भने उत्तरको संभावित आक्रमणलाईं लिएर दक्षिण कोरियामा उच्च सर्तकता अपनाइएको छ ।

अमेरिका एक इन्च अघि बढे परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी, भिडियो सार्वजनिक

उत्तर कोरिया र दक्षिण कोरियामा कुन बढी शक्तिशाली?

यसैबीच उत्तरका उत्तेजनात्मक सैन्य गतिविधि बारे सुक्ष्म तवरले नियालिरहेको र उच्च स्तरको तयारीमा सेनालाई राखिएको सोलले जनाएको छ ।