२६ माघ, एजेन्सी।
उत्तर कोरियाले हालै प्रक्षेपण गरेको रकेट पहिला सो देशले गरेको भन्दा झनै बढी शक्तिशाली देखिएको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले मङ्गलबार सो जानकारी दिएका हुन् । उनले आफ्नो नाम नबताउने शर्तमा सो जानकारी दिएका बताइएको छ ।north korea rocket test

उनले उत्तर कोरियाले यसअघि पनि सन् २०१२ मा रकेट प्रक्षेपण गरेको र त्यस समयको भन्दा हालैको शक्तिशाली भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्– सन् २०१२ मा उत्तरले रकेट प्रक्षेपण गरेको र त्यस समयको प्रक्षेपणको तुलनामा यस पटकको करिब दुई हजार किलोमीटर नै परसम्म पुग्नसक्ने र शक्तिशाली भएको पाइएको छ ।

उनका अनुसार सन् २०१२ मा उत्तरले गरेको सो प्रक्षेपण १० हजार किलोमीटर परसम्म मार हान्न सक्ने खालको थियो भने यस पटक कम्तीमा पनि १२ हजार किलोमीटर शक्तिको रहेको छ ।

रक्षामन्त्रालयका प्रवक्ताले एएफपी समाचारदातासँग भने– तर यसको थप प्राविधिक विषयमा भने अध्ययन गर्न जरुरी छ ।

उत्तर कोरियाले गत आइतबार गरेको विवादास्पद लामोदुरीको रकेट प्रक्षेपणले विश्वव्यापी रुपमा तनाव बढाएको समाचार छ । यसका बारेमा विश्वव्यापी रुपमा अध्ययन र विश्लेषण गरिरहेको बताइएको छ ।

यस प्रक्षेपणले विशेषगरी उसका छिमेकी राष्ट्रहरु दक्षिण कोरिया र जापानमा झनबढी तनाव थपिदिएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उत्तर कोरियाले सो प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी सार्वजनिक भएदेखि नै प्रायः दुष्मनीपूर्ण सम्बन्ध रहेको उसको छिमेकी दक्षिण कोरियाले यसको असरका बारेमा अध्ययन गरी आवश्यक कारबाही गर्न विश्वव्यापी रुपमा नै आग्रह गर्दै आएको छ ।

केही समयमात्र अघि हाइड्रोजन बम परीक्षण गरेको यस देशलाई अब यसले आगामी दिनमा अरु शक्तिशाली मिसाइल पनि प्रक्षेपण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भएको बताइएको छ ।

आइतबारको लामो दुरीको भनिएको यस रकेट प्रक्षेपणपछि संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

यसरी उत्तेजक रुपमा विभिन्न समयमा यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दा त्यसको विरोध गरी यी कारणहरुले संयुक्त राष्ट्रसंघको शान्ति र निशस्त्रीकरणसम्बन्धी प्रस्तावको उल्लङ्घन गरेको बताइएको छ ।

केही हप्तामात्र अघि हाइड्रोजन बमको परीक्षण गरेको उत्तरप्रति विश्वव्यापी रुपमा नै आलोचना भएकै समयमा फेरि यो रकेट प्रक्षेपणको समाचार आएपछि कोरियालाई आवश्यक कारबाही गर्नुपर्नेमा विश्व समुदायले नै जोड दिएको बताइन्छ ।

यसअघि उक्त रकेट प्रक्षेपणको समाचारदेखि नै यसको विरोध गर्दै आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यस घटनाले क्षेत्रीय रुपमा मात्र नभएर विश्वमा नै शान्ति खल्बलिएको प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुस्।

उत्तर कोरियाको रकेट परीक्षणबारे थाहा पाउनु पर्ने ३ तथ्य

उत्तर कोरियाद्वारा लामो दुरीको मिसाइल रकेट परिक्षण