विकास श्रेष्ठ।

९ भदौ, कोरिया।

उत्तर कोरियामा अविरल वर्षासँगै आएको बाढीका कारण कम्तिमा चालीस जनाको ज्यान गएको छ । बाढी कारण झण्डै एघार हजार मानिस प्रभावित भएका छन् भने दर्जनौ बेपत्ता भएका छन् ।

north-korea-flood

गोनी आँधीका कारण भारी वर्षा र बाढी आएको त्यहाँको रेडक्रसले जनाएको छ । आँधी र बाढीले चीन र रुसको सिमावर्ती शहर रासोन नराम्ररी प्रभावित भएको रेडक्रसले जनाएको छ । एक सय त्रिपन्न घर पुर्णरुपमा ध्वस्त भएको र आठ सय पचास घरहरुमा आंशिकरुपमा क्षति पुगेको उत्तर कोरियाली अधिकारीले बताएका छन् ।

आँधी र बाढी प्रभावित क्षेत्रमा रेडक्रसले खाद्यान्न, लत्ताकपडा सहित झण्डै सय जना उद्धार टोली खटाएको छ भने सरकारले सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ ।